• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सन्दीप र करणको ओडिआई वरीयतामा सुधार



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप एक स्थान माथि उक्लिएका छन्। यससँगै सन्दीप २४ औं स्थानमा पुगेका छन् ।

बलिङ तर्फ नै तीव्र गति बलर करण केसी २ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेका छन् । यस्तै, सोमपाल कामी २ स्थान खस्किएर ७८ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ५ स्थान तल झरेर ६२ औं स्थानमा रहेका छन्।

ब्याटिङ तर्फ भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल १ स्थान तल खस्किएका छन् । ओडिआईमा रोहित एक स्थान तल झरेर ७३ औं स्थानमा रहेका छन् । यस्तै, ब्याटिङतर्फ नै ओपनर आसिफ शेख ४ स्थान खस्किएर ७७ औं स्थानमा पुगेका छन् ।