४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा चिलीलाई १–० गोलले हराउँदै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीका रुपमा आएका मार्टिनेजले ८८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको उद्धार गरेका हुन् ।

लियोनल मेसीले कर्नरबाट उपलब्ध गराएको बलमा चिलीका डिफेन्डरबाट रिबाउन्ड आएको बलमा मार्टिनेजले वान टचबाट बललाई जाली चुमाए ।

यसअघि अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको थियो । समूह ए मा अर्जेन्टिनाको २ खेलबाट ६ अंक छ । दोस्रो स्थानको क्यानडाको ३ अंक छ भने चिली १ अंकसहित तेस्रो र पेरु १ अंकसहित चौंथो स्थानमा छन् ।

RSS/AP Photo/Pamela Smith)