१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रस्तुत गर्ने समयमा राजनीतिक अन्योल राख्नु उचित हुँदैनथ्योः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट प्रस्तुत गर्ने समयमा राजनीतिक अन्योल राख्नु उचित नभएको बताउनुभएको छ । 

शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने समयमा राजनीतिक अन्योल राख्न नहुने बताउँदै यसको पृष्ठभूमीमा जेठ ६ गते मार्गप्रसस्त गर्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "संविधानको धारा ७६ (५) आधारमा मूलुकलाई राजनीतिक अन्योलबाट सकेसम्म छिटो मुक्त गर्ने उद्देश्यमा यो कदम प्रेरित थियो । यसैबीच जनता समाजवादी पार्टीले मलाई प्रधानमन्त्रीमा समर्थन गर्ने संंस्थागत निर्णयको पत्र हस्तान्तरण गर्यो । प्रतिनिधिसभाको रक्षा र राजनीतिक स्थायित्वका लागि अन्तिम प्रयास स्वरुप जेठ ७ गते संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत  गरेको हुँ ।