१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई मल अभाव



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो ।

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ । तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन । चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार पाँच सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार युरिया ५० हजार मेट्रिक टन , डिएपी ७० हजार मेट्रिक टन र पोटास सात हजार पाँच सय मेट्रिक टन मल आयात गर्ने क्रममा छ ।

सातै प्रदेशका डिपोमा हाल ७८ हजार चार सय ७५ मेट्रिक टन मल मौज्दात छ । बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ । मुख्य बालीका रुपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ ।

स्थानीय तहको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरुपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ । किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ । चालु आवमा मल आयातका लागि रु ३१ अर्ब रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । रासस