२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब समितिको सभापति चयन गर्न बाटो खुल्यो– सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भएको छलफलपछि सभामुख घिमिरेले अब संसदीय समितिका सभापति चयन गर्ने बाटो खुलेको बताउनुभएको हो ।

उहाँका अनुसार सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने जानकारी दिनुभयो ।

लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन हुँदा ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सभामुख घिमिरेले भन्नुभयो, “त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईंले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ रु तपाईंहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ भनेँ।”

उहाँका अनुसार शीर्ष तहमा अब बिलम्ब नगरी सभापतिको टुंगो लगाइहाल्ने विषयमा सहमति भएको छ ।