२९ मंसिर २०८२, सोमबार
,
Latest
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषयगत समितिको सभापति चयनबारे शीर्ष नेताहरुसँग सभामुख घिमिरेको छलफल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनका विषयमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग मंगलबार बिहान छलफल सुरु गर्नुभएको छ ।

सभामुख घिमिरेले मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ । छलफलमा कानूनमन्त्री धनराज गुरुङ पनि सहभागी हुनुहुन्छ ।

उहाँले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति भए पनि कुनै पनि संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रियसभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । अहिलेसम्म समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० वटै विषयगत समिति गठन भएको थियो । त्यसको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भए पनि सभापति चयन हुन सकेको थिएन । सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।