२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मात्र २ वटा ल्वाङ प्रयोग गर्नाले यी १० समस्याको समाधान ! यसरी प्रयोग गर्नुस्



अ+ अ-

काठमाडौं । ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि हुन्छ । यसको प्रयोगले खानाको स्वाद त आउँछ नै त्यसबाहेक औषधीको रुपमा प्रयोग गर्दा यसले अनेकौं स्वास्थ्य समस्यामा फाइदा हुन्छ । उत्तराखंड आयुर्वेद विश्वविद्यालयका स्वास्थ्य वृत्त विभागमा हेड अफ डिपार्टमेन्ट डाक्टर अवधेश मिश्राका अनुसार ल्वाङमा स्वास्थ्य सन्तुलित बनाउने र समस्याबाट बचाउने कैयौं गुण हुन्छन् । जानौं ल्वाङका फाइदाहरु :

१) ग्याष्ट्रिकः एक कप उम्लिरहेको पानीमा २ वटा ल्वाङ पिसेर राख्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस् ।

२) दाँत दुखाइः १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घोटेर दाँतमा लगाउनुहोस् । पीडाबाट राहत पाइनेछ ।

३) मुखको दुर्गन्धः २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउनुहोस् । मुखको दुर्गन्धबाट छुटकारा पाउनुहुनेछ ।

४) मुखमा फोका उठ्नुः २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नुहोस् । फोका पर्दा राहत हुनेछ ।

५) पखाला र ज्वरोः २ ल्वाङ र ४-५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउनुहोस् ।

६) गर्धन दुखाइः २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्नुहोस् ।

७) पेटमा जुका वा अन्य परजीवी पर्नुः २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खानुहोस् ।

८) स्ट्रेसः २ ल्वाङ, तुलसी र पुदिनाका ७–८ वटा पात, एउटा सानो सुकमेल पानीमा उमालेर पिउनुहोस् ।

९) टाउको दुखाइः २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्नुहोस् ।

१०) रुखो कपालः २ वटा ल्वाङ आधा कप ओलिभ तेलमा मिसाएर मधुरो आँचमा तताउनुहोस् । सेलाएपछि कपालमा लगाउनुहोस् ।

(एजेन्सीको सहयोगमा)