• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट ★   लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन ★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली ★   कर्णालीको बजेट ३१ अर्ब ४१ करोड ★   अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा ★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

साफ च्याम्पियनसिप फाइनल आजः उपाधिका लागि भारत र कुवेत भिड्दै



काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

भारत र कुवेतबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो । साविक विजेता समेत रहेको भारतले ८ पटक उपाधि जितेको छ । यता, आमन्त्रित टोली कुवेत पहिलो पटक भारतलाई घरेलु मैदानमै हराउँदै उपाधि उचाल्न चाहन्छ ।

भारत भने घरेलु समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्ने मनसायका साथ मैदानमा उत्रनेछ ।

सेमिफाइनलमा कुवेतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने भारतले लेवनानलाई पेनाल्टीमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।