• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो

यू–१६ इस्टर्न जोन कप सेमिफाइनल: नेपालविरुद्ध सिंगापुरले चार विकेट गुमायो



काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले १५ ओभर खेल्दा चार विकेट गुमाएर ५० रन बनाएको छ ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।