• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   कोटेश्वरस्थित गेष्टहाउसबाट छ जना बालिकाको उद्धार ★   खोटाङको एउटै पालिकामा ७४ टन लिच्ची उत्पादन ★   पहिराेले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति ★   सुहाङ नेम्वाङ भन्छन्– विकास र समृद्धिको बाधक के हो ? को हो ? ★   रोटरी क्लब अफ स्वयम्भूद्वारा वृक्षरोपण ★   राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा ★   महिला एसिया कपमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै ★   हार्दिक पाण्ड्या–नताशाको सम्बन्धविच्छेद, दुबैले पुष्टि गरे ★   बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी ★   बजार चलायमान बनाउने र सेयर कर्जा खुकुलो पार्ने तयारी

सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन



एजेन्सी । टी–२० विश्वकप २०२४ मा लगातार तीन जित दर्ता गर्दै भारत सुपर–८ मा छनोट भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराएपछि रोहित शर्माले टोलीको प्रदर्शनको तारिफ गरेका छन् ।

यसबाहेक न्युयोर्कको पिचबारे उनले यहाँ क्रिकेट खेल्न सजिलो नभएको बताए । उनले अर्शदीप सिंह, सूर्यकुमार यादव र शिवम दुबेको पनि प्रशंसा गरे ।

खेलपछि रोहित शर्माले भने, ‘हामीले अमेरिकाका केही खेलाडीसँग खेलेका छौं । यी खेलाडीले एमएलसीमा पनि खेलिसकेका छन् । उनीहरुले आफ्नो छाप छोडिरहेका छन् र उनीहरुको यस्तो प्रदर्शन देखेर म खुसी छु । हाम्रा सूर्य जस्ता अनुभवी खेलाडीले आवश्यकता अनुसार ब्याटिङ गर्ने अपेक्षा गरेका छौँ र आज दुबेसँगको उनको साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण थियो ।’

रोहितले सुपर ८ मा पुग्नु ठूलो राहत भएको बताउँदै भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन । हामीले तीनवटै खेलमा अन्तिमसम्म टिक्न बाध्य थियौं । यी जितहरूले हामीलाई धेरै आत्मविश्वास दिनेछन् । हाम्रा बलरहरूले राम्रो बलिङ गरे, विशेष गरी अर्शदीप सिंहले इकोनमिक रूपमा बलिङ गरे । शिवम दुबेले परिस्थितिसँग खेले । तपाईलाई विकल्पहरू चाहिन्छ र हामीले सकेसम्म तिनीहरूलाई प्रयोग गर्न सक्षम हुन आवश्यक छ । आज पिच फास्ट बलरका लागि अनुकूल थियो, त्यसैले प्रयोग गर्न चाहन्थेँ ।’

पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर चार विकेट लिए । जवाफमा भारतले तीन विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सूर्यकुमार यादवले अविजित ५० र शिवम दुबेले अविजित ३१ रनको योगदान दिए ।