१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर



अ+ अ-

एजेन्सी । इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ ।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराउनुभयो ।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेशी र अन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजको रिपोर्ट अनुसार प्रहरी र पिटिआई नेताबिच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो ।

सन् २०२२ मे २५ मा स्वतन्त्रता (हकीकी आजादी) का लागि इमरान खानको पदयात्रा मार्च अघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले जनाएको छ । आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रु ग्याँसको सामना गर्नु परेको र उनीहरूमाथि लाठीचार्ज भएको डनले जनाएको थियो ।

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो ।