१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ

मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताउनुभएको छ ।

फिफा विश्वकप २०२६/एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीवार स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलवार यमनबिरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गर्नुभएको थियो । उहाँले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उहाँले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताउनु भयो । उहाँले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुको खेल तलमाथि भइरहन्छ नै । मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु । सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौँ । नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ । ४ जना बाहेक सबै नयाँ छन् ।’

त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविष्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताउनु भयो । उहाँले आफू भन्दा बलिया टिमहरुसँग खेल्दा अनुभव बटुल्न पाएको बताउनु भयो । उहाँले बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौँ । बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ ।’

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताउनु भयो । उहाँले यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले राम्रो खेल खेलेका छौँ । यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौँ । बराबरीमा बस्नुपरेको छ । सबैले राम्रो खेलेका छन् ।’

यमनसँग नेपालले २—२ को बराबरी खेलेको थियो ।