• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने



काठमाडौँ । जनता जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनबाट सर्वसम्मत चयन भएका यादवले बिहीबार अध्यक्ष पदमा शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिहरूलाई भेलालाई सम्बोधन गर्दै अन्य पदमा पनि सहमतिमै टुङ्ग्याउने घोषणा गरेका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो । तर, अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चुनावमा गए सक्षम, समावेशी र क्रियाशील टिम नबन्ने भन्दै अध्यक्ष यादवले सहमतिमा टिम बनाउने बताए । ‘सबैलाई समेट्न हामीलाई चुनौती छ । हाम्रो हिमाल, पहाड र तराईरमधेशका सबैको छ । त्यसैले जनजाति र खस-आर्यलाई पनि समेटेर टिम बनाउँनुछ ’,उनले भने ।