२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप पहिले शहरहरुमा जाँच गर्न सुरक्षा जाँच टोली भारत पठाउँदै पाकिस्तान



अ+ अ-

एजेन्सी । पाकिस्तान सरकारले भारतमा हुने एकदिवसीय विश्वकपका लागि आफ्नो क्रिकेट टोली पठाउनुअघि सुरक्षा जाँच गर्ने भएको छ ।

रिपोर्टका अनुसार पाकिस्तान सरकारले छिट्टै आफ्नो सुरक्षा टोलीलाई अनुसन्धानका लागि भारत पठाउनेछ । यो टोलीले पाकिस्तान क्रिकेट टोलीको विश्वकप खेल्ने शहरहरूको सुरक्षा जाँच गर्नेछ ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ईदपछि पाकिस्तान क्रिकेट बोर्डमा अध्यक्ष पदका लागि चुनाव हुनेछ । जाका अशरफ नयाँ अध्यक्ष बन्न सक्नेछन् । नयाँ अध्यक्ष पाउनेबित्तिकै पीसीबीले विदेश मन्त्रालयसँग समन्वय गरी चाँडै सुरक्षा टोली भारत पठाउनेछ ।

सुरक्षा टोलीसँगै पीसीबी सदस्यहरू पनि भारत जानेछन् । उनीहरूले पाकिस्तानका खेल हुने शहरहरूमा सुरक्षा व्यवस्था र बाँकी व्यवस्थापन कत्तिको राम्रो छ भनेर हेर्नेछन् ।

पाकिस्तान क्रिकेट टोलीले विश्वकपमा आफ्नो पहिलो खेल क्वालिफायर–१ टोलीसँग हैदराबादमा खेल्नेछ । टोलीले अक्टोबर १५ मा अहमदाबादमा भारतसँग खेल्नेछ ।

उसका बाँकी खेलहरू अन्य ३ सहरमा हुनेछन् । जसमा बैंगलोर, चेन्नई र कोलकाता पर्छन् । यदि पाकिस्तानको सुरक्षा टोलीले यी सहरको सुरक्षा व्यवस्था र यहाँको रंगशालाको व्यवस्थापन हेर्नेछ ।

रिपोर्टका अनुसार सुरक्षा टोलीले कुनै पनि सहरको सुरक्षामा कुनै त्रुटि देखेमा पीसीबीले आफ्नो टोलीको क्रिकेट खेलको स्थान परिवर्तन गर्न माग गर्नेछ । पीसीबीले सुरक्षा जाँचको रिपोर्ट आईसीसी र बीसीसीआईलाई पनि पठाउनेछ ।