• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

निधारको रेखाले बताउँछ तपाईको भाग्य कस्तो छ



एजेन्सी । हाम्रो हातको रेखा जस्तै हाम्रो निधारको रेखाले पनि भविष्यको बारेमा धेरै कुरा बताउँछ । निधारमा रेखाहरूको सम्बन्ध भाग्यसँग सम्बन्धित छ ।

सामुद्रिका शास्त्रका अनुसार कुनै पनि व्यक्तिको निधारमा रहेको रेखालाई हेरेर उनी कति भाग्यमानी छन् भन्ने थाहा पाउन सकिन्छ । हाम्रो निधारमा भएका रेखाहरू हाम्रो भाग्यसँग कसरी सम्बन्धित छन् जानौं ।

निधारमा ३ सीधा रेखाहरू एक साथ हुनुले व्यक्तिलाई भाग्यशाली बनाउँछ । यो रेखा मानिसको निधारमा विरलै पाइन्छ । निधारमा यो रेखा हुने व्यक्तिको जीवनमा धेरै उतारचढाव आउँछन् । तर २६ वर्षदेखि ४० वर्षसम्मको संघर्षपछि यस्ता व्यक्ति धेरै सफल हुन्छन् ।

मानिसको निधारमा निस्कने पहिलो रेखा भनेको धनको रेखा हो । यो रेखा आखीभौंको नजिक हुन्छ । जुन व्यक्तिको रेखा स्पष्ट देखिन्छ, उ त्यति नै धनी हुने विश्वास गरिन्छ । यदि रेखा स्पष्ट छैन वा काटिएको छ भने, यसले व्यक्तिलाई आफ्नो जीवनमा आर्थिक संकटको सामना गर्नु पर्ने संकेत गर्दछ ।

निधारको तलबाट तेस्रो रेखाले भाग्य ल्याउँछ । यो रेखा मानिसको निधारमा विरलै पाइन्छ । जसको निधारमा यो रेखा उभिएको हुन्छ, उसको जीवनमा हरेक सुख प्राप्त हुन्छ । उसको जीवन विलास र शान्तिमा बितिरहेको हुन्छ ।