• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा ★   पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द ★   बाजुरामा भाइरल ज्वरोको कारणले दुई जनाको मृत्यु ★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने

काठमाडौँ महानगरबाट आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज वुद्ध मूर्ति अनावरण गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापन गरेको हो ।

मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले, बुद्ध जन्मेको देशमा वुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट महानगरले लगानी गरिरहेको बताउनुभयो । ‘नेपालमा विहार बनाउन अरु देशले लगानी गरेका छन् । त्योभन्दा धेरै लगानी हामी आफैँले गनुपर्छ । काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ । महानगरकै वडा १० को अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ ।

वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न भएको छ । वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ । भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘सरकारी पैसा खर्च गर्न कानूनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ । यसको परिधिमा बसेर हामीले वुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ ।’

विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको छ । मूर्ति अनावरणपछिको प्रतिक्रियामा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, ‘पहिले सानो मूर्ति थियो । हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौँ ।’ 

आनन्द कुटी विहार वि. सं. १९९९ मा धम्मालोक महास्थविरले नेपालमा वुद्ध शाशनलाई पुनर्जागरण गराउन स्थापना गर्नुभएको हो ।