१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ महानगरबाट आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापना

काठमाडौँ महानगरबाट आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापना
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज वुद्ध मूर्ति अनावरण गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापन गरेको हो ।

मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले, बुद्ध जन्मेको देशमा वुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट महानगरले लगानी गरिरहेको बताउनुभयो । ‘नेपालमा विहार बनाउन अरु देशले लगानी गरेका छन् । त्योभन्दा धेरै लगानी हामी आफैँले गनुपर्छ । काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ । महानगरकै वडा १० को अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ ।

वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न भएको छ । वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ । भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘सरकारी पैसा खर्च गर्न कानूनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ । यसको परिधिमा बसेर हामीले वुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ ।’

विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको छ । मूर्ति अनावरणपछिको प्रतिक्रियामा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, ‘पहिले सानो मूर्ति थियो । हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौँ ।’ 

आनन्द कुटी विहार वि. सं. १९९९ मा धम्मालोक महास्थविरले नेपालमा वुद्ध शाशनलाई पुनर्जागरण गराउन स्थापना गर्नुभएको हो ।