२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराष्ट्रमा बस दुर्घटनाः २६ जनाको जलेर मृत्यु, ८ जना झ्यालको सिसा तोडेर बाँचे



अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्रको बुलढानामामा शुक्रबार राति बस दुर्घटना भएको छ ।

नागपुरबाट पुणे जाँदै गरेको बस पोलसँग ठोक्किएर डिभाइडरमा पल्टिँदा आगो लागेको थियो । बस्मामा ३४ जना सवार थिए भने २६ जनाको जलेर घटनास्थलमै मृत्यु भएको थियो ।

बसको झ्यालको सिसा फुटाएर आठजनाले ज्यान बचाएका छन् । बुलढाना जिल्लाको सिन्दखेडराजा नजिकैको पिम्पलखुटा गाउँ नजिक समृद्धि महामार्ग द्रुतमार्गमा बिहान १ः३० बजे दुर्घटना भएको हो । बुलढानाका एसपी सुनील कडासेनले दुर्घटनामा बसका चालक भने बाँच्न सफल भएको बताए ।

टायर फुटेर बसमा आगो लागेपछि दुर्घटना भएको उनले बताए । लगत्तै बसको डिजेल ट्याङ्कीमा आगो लाग्यो, जसका कारण आगो फैलियो । दुर्घटनामा ३ बालबालिकाको पनि मृत्यु भएको छ ।




भर्खरै