२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक, दुई जना नमूनाका राखेर हुँदैन: उपाध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताउनुभएको छ ।

शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाका पार्टी बाहेकका साझा दायित्वहरु रहेकाले सबै एक भएर महिलाका हक हीतका लागि लड्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक आर्थिक रुपले आधारभुत तहको लैङ्गिक र सामाजिक, जातिय विभेदहरुको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी महिलाको पार्टीगत भन्दा अर्को साझा दायित्वहरु पनि छन् । यसमा हामी सबै मिलेर एकजुट भएर जनताका लागि काम गर्नुपर्छ, महिलाका अधिकारमा काम गर्नुपर्छ । हामीले अझैसम्म समान अधिकार हाँसिल गर्न सकेका छैनौँ । जबसम्म समान उपलब्धि हाँसिल गर्न सक्दैनौँ, महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन । हामीले यो अधिकार दिलाउने नीति निर्माण गर्नुपर्छ । सामाजिक आर्थिक रुपले आधारभुत तहको लैङ्गिक र सामाजिक, जातिय विभेदहरुको अन्त्य गर्दैनौँ, तबसम्म हामीले देखेको समुन्नत समाज निर्माण गर्न सक्दैनौँ । अब हाम्रो लडाईं स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक दुई जना नमूना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’

उपाध्यक्ष अर्यालले अब महिलाको लडाईं भनेको ३३ प्रतिशत वडा अध्यक्ष र मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत हुनुपर्ने रहेको बताउनु भयो ।