१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
अ अ+ अ-

काठमाडौँ, १३ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।

उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ । लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भन्नुभयो ।

यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।रासस