१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन



अ+ अ-

काठमाडौँ। सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन्।

त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार भइरहेको छ। शुक्रबार टनेलबाट १९१ जनाको सकुशल उद्धार गरिएको थियो। आज बिहान ८ बजेसम्म बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। उनीहरूलाई रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट उद्धार गरिएको हो।

प्रभावित जिल्लामा सेनाको करिब छ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको निर्देशनालयले जनाएको छ। रासस