१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन: अध्यक्ष तिमिल्सिना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गर्नुभयो । उहाँले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आफूले संसदमा बोल्दा अग्रजहरुले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन् । यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानी हुने गरेर नबोल्नु होला । पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ ।

रेकर्डबाट हटाउने भन्नेकुरालाई पनि फेसनको रुपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन । समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ । कानूनले संविधाले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजानसक्ने गरी अघि बढाउनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरुले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताउनु भयो ।