२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाले सार्वजनिक गर्यो ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र



अ+ अ-

काठमाडौं । विवेकशील साझाले ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।

अखण्ड, स्वायत्त एवं सार्वभोैम नेपालको गोैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र सार्वजनिक गरेको विवेकशील साझा पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानका अनुसार हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू-भागलाई समेत राखेर बनाईएको ‘अखण्ड भारत’को नयाँ नक्सा प्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोट समेत नपठाएको अबस्था सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो। पार्टीले ‘ऐतिहासिक नेपालको साँस्कृतिक मानचित्र’लाई नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा राखेर ऐक्यवद्धता जनाउन सरोकावाला सबैलाई अपील समेत गरेको छ । विश्व सम्पदा सूचीमा सुचिकृत सार्वभोैम नेपालका महत्वपूर्ण भू(भाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’को नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको सो पार्टीले घोर भर्त्सना गरेको छ । बिज्ञप्तिमा भनिएको छ । भारत अतिक्रमित नेपालको भुमी लिपुलेक(लिम्पियाधुरा(कालापानी र अतिक्रमित अन्य सम्पुर्ण भुभाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत अडानकावीच साँस्कृतिक मानचित्र प्रकाशनमा आएको हो।

साँस्कृतिक मानचित्रमा एशीयाको प्राचीन राष्ट्र नेपालको सुगोैली सन्धी अगाडीको भू(भाग र वर्तमान भु(भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।

यसैगरी गोैरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदान सम्मुका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।




भर्खरै