२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिको सुझाब



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले यस वर्ष हामीले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने सार्थक सङ्कल्प सहित यो दिवस मनाउँदै गरेको बताउनुभएको छ ।

“असार महिनालाई किसानहरूका लागि ‘मानो रोपेर मुरी फलाउने’ बेलाको रूपमा लिइन्छ । अनि धान रोप्ने र धानबाट बनेको परिकार दही–च्यूरा खाने दिनको रूपमा रहेको असार १५ गतेको दिनलाई हामीले २०६१ सालदेखि ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’को रूपमा मनाउँदै आएका छौँ”, पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

धानको सम्बन्ध हाम्रो अर्थतन्त्र, समाज र संस्कृतिसँग अभिन्न रूपमा जोडिएको भन्दै उहाँले जन्मदेखि मरणसम्म अपरिहार्य रहेको धानलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्नु हाम्रो लागि दुःखद् यथार्थ हो भन्नुभएको छ ।

“धान लगायत खाद्यान्नको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि जलवायु परिवर्तनका कारण उत्पन्न प्रतिकूलतालाई धान्न सक्ने वातावरणअनुकूल उन्नत कृषि प्रविधिको प्रयोगमा जोड दिनु पर्दछ”, उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले धानलगायत खाद्य उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन राष्ट्रिय धान दिवसले सम्पूर्ण कृषक र सम्बद्ध पक्षलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।