३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गुर्जो र तुलसीले यसरी बनाउछ प्रतिरक्षा प्रणाली मजबूत, जान्नुहोस्

गुर्जो र तुलसीले यसरी बनाउछ प्रतिरक्षा प्रणाली मजबूत, जान्नुहोस्
अ+ अ-

काठमाडौँ। कोरोनाभाइरस व्यक्तिगत स्तरमा लडाइँ आफ्नो रोग प्रतिरोधात्मक क्षमताबाट सुरु हुन्छ। तुलनात्मकरुपमा पहिलो वर्षभन्दा दोस्रो लहर सुरु भएपछि विश्वभर चिन्ताजनक अवस्था छ। दोश्रो लहरको कोरोनाको संक्रमण बढ्न थालेपछि मानिसहरु थुप्रै घरेलु औषधिहरुको उपयोग गर्न थालेका छन्।  

विभिन्न जडीबुटी मिश्रण गरेर काडा पानी बनाउने तथा पोषकयुक्त आहार प्रयोग गरेर आफ्नो प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्न थालेका छन्। विश्वभारका मानिसहरुले सन्तुलित आहारको महत्त्वलाई बुझ्न थालेका छन्। र यस्तो महामारीको बेला पोषणयुक्त खानेकुराहरु खान आवश्यक पनि हुन्छ। जसमा प्रशस्तमात्रामा आइरन, प्रोटिन, भिटामिन सी, बि १२ र ए होस् ।  

घरेलु उपाय अपनाइ राख्दा पनि सबै जनमानसले चिकित्सकहरुको सल्लाह तथा स्वास्थ्यका मापदण्डहरु अपनाउन आवश्यक छ। यसैगरी, जटिल बन्दै आएको कोरोनाभाइरसको महामारीसँग लड्न शताब्दियौं वर्ष आयुर्वेदको पद्धतिलाई अपनाउँदा धेरै हदसम्म प्रभावकारी हुनसक्छ। जसमा आवश्यक  पोषक तत्व हुन्छन् र  चिसो, फ्लू , ज्वरो लगायतका थुप्रै संक्रमण लड्न क्षमता प्रदान गर्दछ।  

गुर्जो र तुलसीले कसरी फाइदा पुग्छ ?

गुर्जोमा प्रतिरक्षा प्रणाली सुधार गर्ने तत्वहरु पाइने अध्ययनले पुष्टि गरेको छ। साथै यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न पनि मद्दत गर्दछ। त्यसैगरी, गुर्जोमा  एन्टिपायरेटिक गुण हुन्छ। जसले ज्वरो नियन्त्रण गर्न मुख्य भूमिका खेल्दछ। शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला हात खुट्टा र जीउ पोल्ने समस्याको पनि समाधान गर्छ।  

त्यसैगरी, तुलसीलाई ’जडिबुटीहरूको रानी’ भनेर पनि चिनिन्छ। कोरोनाभाइरसको महामारी बढेसँगै मानिसहरुले तुलसीको प्रयोगमा बढी जोड दिन थालेका छन्। यस स्थितिमा चिकित्सकहरुले तुलसीको प्रयोग गर्न सिफारिस गर्दै आएका छन्। वैज्ञानिकरुपमा मात्र नभएर तुलसीको अध्यात्मिकरुपमा धेरै उपयोगी मानिन्छ। तुलसीले विभिन्न रोगलाई रोकथाम गर्न, सामान्य स्वास्थ्यको बढवा गर्न र दिनभरीको थकान र तनावलाई कम गर्न मद्दत गर्दछ।  

तसर्थ, यी दुई उत्कृष्ट जडिबुटीहरूको संयोजनले स्वस्थ र दीर्घायू जीवनलाई बढवा गर्छ। त्यसैगरी, गुर्जो र तुलसी परम्परागत रूपमा परिचित जडिबुटी पनि हो।  जसले रोग प्रतिरोधात्मक क्षमताको स्तर बढाउँदछ र सबै तीन ’दोष’ लाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ ।

यद्यपि, दुवै जडिबुटीहरू अत्याधिक प्रयोग वा  केही अवस्थामा हानिकारक पनि हुनसक्छ। यी दुबै जडिबुटीको प्रयोग उचित र सन्तुलितरुपमा गर्नु पर्दछ।