• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन 



फाईल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभा र लेखापरीक्षणलगायतका विवरण ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले कानूनी व्यवस्था हुँदाहुँदै पनि केही सहकारी संस्थाले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका बमोजिमका विवरणहरु समयमै पेस नगरेकाले पेस गर्न निर्देशन दिएको हो । तोकिएको ३० दिनभित्र विवरण नबुझाए कानून बमोजिम कारबाही गरिने समेत महानगरले उल्लेख गरेको छ ।

‘काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा तीन महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ले जरिवाना र दफा ६६ ले सहकारीको बिघटन वा दर्ता खारेजीको व्यवस्था समेत गरेको छ’, महानगरले भनेको छ ।