२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वेता खड्का दम्पतीले भेटे एमाले अध्यक्ष ओलीलाई



अ+ अ-

काठमाडौँ । अभिनेत्री एवं सामाजिक अभियान्ता श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले ओलीसँग भेट गरेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।

भेटका क्रममा ओलीले ब्रीआनालाई आशीर्वाद दिनुका साथै काखमा समेत लिएका थिए । ओलीसँगको भेटको तस्बिर स्वेताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।

तस्बिरका साथ क्याप्सनमा उनी लेख्छिन् – ‘काम ठुलो हुन पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’

केही समय पहिले नेपाली कांग्रेसमा प्रवेश गरेकी स्वेताले अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्नेसमेत आशंका पैदा भएको छ ।