१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै

निजी छाडेर सामुदायिक विद्यालयमा

निजी छाडेर सामुदायिक विद्यालयमा
अ अ+ अ-

गलकोट । पठनपाठन राम्रो हुँदै गएपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । 

बागलुङ नगरपालिका–३ रातमाटास्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय यस्ता छन्, जहाँ भर्ना हुन ठूलै युद्ध जिते सरह ठान्छन् अभिभावकहरू । सदरमुकामसँग जोडिएको सो विद्यालयमा कुनै समय एकै वर्ष ९३ जनासम्म एसएलसी दिन्थे । विद्यालयमा विद्यार्थीको सङ्ख्या थेगिनसक्नु हुन्थ्यो । सदरमुकामका विद्यार्थी यहाँ पढ्न आउँथे ।

तर समय फेरियो विद्यार्थी सङ्ख्या ह्वात्तै घटे । विसं २०२१ मा स्थापना भएको सो विद्यालय विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुग्ला भनेर स्थानीयवासी कसैले सोचेकै थिएनन् । बागलुङकै पुरानोमध्येकै धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय परिसरबाट अहिले निजी विद्यालयका पाँच÷छवटा सवारीसाधन आउजाउ गर्छन् ।

विद्यालय परिसरकै विद्यार्थी ओसार्न सदरमुकामबाट दैनिक सवारी आउने हैरानी अर्कोतिर धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या ओरोलो लाग्दै छ । निजी विद्यालयको आकर्षणका कारण गाउँका बालबालिका बजार पढ्न आउन थालेपछि कुनै दिन एक हजार ३०० विद्यार्थीले अध्ययन गर्ने धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी अभावमा झण्डै बन्द हुने अवस्थामा पुग्यो ।

विस्तारै विद्यार्थी सङ्ख्या ओरालो लाग्दै गयो । उक्त विद्यालयमा विसं २०६८ मा कक्षा १ देखि १० सम्म जम्मा विद्यार्थी सङ्ख्या ६८ जना थिए । कुनै कक्षा त खालीजस्तै थियो । विद्यार्थीले विद्यालय छाडेपछि झण्डै बन्द हुने अवस्थाको विद्यालय अहिले भने नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । गाउँलेले दुःख गरेर स्थापना गरेको विद्यालय बन्द हुने अवस्थामा पुगेपछि स्थानीयवासीमा जागरुकता आयो, कोमामा पुगेको विद्यालय बौरिएको छ ।

विसं २०६८ देखि नै विद्यालयमा अङ्गे्रजी माध्यमबाट पढाइ हुन थाल्यो । विद्यार्थीको मागअनुसार विद्यालयमा पढाइ हुन थालेपछि विस्तारै निजी विद्यालयमा अध्ययन गर्न छाडेर यस विद्यालयमा विद्यार्थी आउन थालेको प्रधानाध्यापक भूमिराज गौतमले जानकारी दिनुभयो । “सदरमुकाम नजिकै भएकाले निजी विद्यालयका सवारीसाधन गाउँमै आउने भएकाले विद्यार्थी अभावका कारण विसं २०६८ मा झण्डै बन्द हुने अवस्थामा आइपुगेको विद्यालय स्थानीयवासी, शिक्षक तथा शिक्षाप्रेमीको सहयोगमा विस्तारै बौरिँदै गयो”, प्रधानाध्यापक गौतमले भन्नुभयो, “विसं २०६९ बाटै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालियो, प्रयोगशाला, कम्प्युटर कक्षाको व्यवस्था गरियो विस्तारै विद्यार्थी सङ्ख्या बढ्दै गए अहिले विद्यालयमा ३०० विद्यार्थी छन्, जनसङ्ख्याको हिसाबले अहिलेको अवस्थामा विद्यार्थी सङ्ख्या निकै राम्रो हो, अझै बढ्ने देखिन्छ ।”

कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम, कक्षा ११ र १२ अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउन थालिएको छ । यस्तै विसं २०७३ देखि पशु विज्ञानतर्फ कक्षा ९ देखि १२ सम्म अध्यापन भइरहेको विद्यालयले जनाएको छ । पशु प्राविधिक शिक्षाका लागि बागलुङबाहेक म्याग्दी तथा पर्वत जिल्लाबाट समेत अध्यापनका लागि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले बताउनुभयो । विद्यालयमा विज्ञान विषयका तीनवटा प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्थासमेत गरिएको छ । “नागरिकको चेतनास्तरमा वृद्धि भएसँगै निजी विद्यालयमा भन्दा राम्रो शिक्षा सामुदायिकै हुने भएकाले निजी विद्यालय छाडेर यस विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्माले भन्नुभयो, “कोमामा पुगेको विद्यालय बौरिएको छ, ३० शिक्षक गुणस्तरीय शिक्षाका लागि खटिएका छन्, निजीमा भन्दा बढी सिकाइका माध्यम यहाँ हुने गरेका छन् ।”

विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यम, कम्प्युटर शिक्षा, कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषय र कक्षा ९ देखि १२ सम्म पशु विज्ञान अध्यापन भइरहेको छ । स्थानीयवासीले दैलोको विद्यालय बन्द हुने अवस्थामा आएको देखेपछि आफैँ जागरुक भएर विद्यालयको शैक्षिक सुधारमा लागेको स्थानीयवासी हिमाल शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले निजी विद्यालयका विद्यार्थीसमेत यस विद्यालयमा आउने गरेकाले विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दै गएको छ । 

बागलुङ बजार नजिकै रहेको उक्त विद्यालयमा भौतिक पूर्वाधारको भने कमी छ । भिरालो जमिनमा रहेको विद्यालयको तारबार गर्न अत्यन्तै आवश्यक देखिएको छ । विद्यालयमा अध्यापन गराउनका लागि अझै पनि कक्षाकोठाको अभाव भइरहेको विद्यालयले जनाएको छ । (रासस)