३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

थालीमा तरकारी कि मासु ? ‘पाप’ र ‘धर्म’ को बहसहरु !

थालीमा तरकारी कि मासु ? ‘पाप’ र ‘धर्म’ को बहसहरु !
अ+ अ-

काठमाडौं । सयुक्त राष्ट्र एवं खाद्य कृषि संगठनले’ तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा बढी समावेश होस भनेर जागृती फैलाउन सन् २०२१ लाई “फलफूल र तरकारीको वर्ष” भनेर उद्घोष गरेको छ । यसले मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्वलाई बढाएर, यस्ता वस्तुको प्रयोग दैनिक जीवनमा गरिने छ भन्ने आशा छ । 

१४ वर्ष अघि म इरानको “वाम” भन्ने शहरमा जनस्वास्थ्य विज्ञ भएर काम गर्दै थिएँ, भूकम्प गएको क्षेत्रमा । एकदिन ‘वाम’ शहरबाट केही टाढा एक सानो शहरमा खाना खान गयौँ । सानो चमेना गृहमा मैले त्यहाँका मालिकलाई भने “म शाकाहारी हुँ मासु नहोलेको परिकार दिनु है ।” ‘हुन्छ’ भनेर ती व्यक्तिले नान, रोटी र सुप ल्याए । म दंग परे ।

मुखमा सुप हाल्ने वित्तीकै मलाई थाहा भयो कि ‘यसमा त मासु छ’ “मैले त मासु खान्न भनेको, किन मासु हालेको ?” भनेर सोध्दा चमेना गृहका व्यक्तिले भने “होइन, यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ नि । यहाँ मासु नखाने मानिसहरू आउँछन् त्यसैगरी हामी सुप पकाउँछौं ।” उनको कुरा सुनेर मलाई हाँस उठ्यो । मैले कालो चियासँग नान र केही फलफूल खाएँ ।

इरानमा ३ महिना बसुन्जेल मैले होटेलमा जाँदा तरकारी, दाल कहिले खाइन । फलफूल, दही र भात, मात्र खाए । इरानमा बस्दा मलाई अनुभव भयो कि “मासुको टुक्रा नखाने मानिसहरू” त्यहाँ शाकाहारी हुँदा रहेछन् । अफगानिस्तान र पाकिस्तानमा बस्दा त मान्छेहरूले “मासु नखाए पनि मान्छे बाँच्न सक्छ र ?” भन्ने प्रश्न गर्थें । ठाउँ र समय अनुसार मासु खाने कि नखाने भन्ने बहस हुन्छ । 

“खाना-भोजन मान्छेको संस्कृती, भौगोलिक अवस्थासँग गाँसिएको हुन्छ । ‘जहाँ जे पाइन्छ त्यसलाई प्रयोग गर्ने हो, त्यसैबाट स्वास्थ्य बन्ने हो । अरूलाई होच्याउनुको तुक छैन’ भन्ने मेरो विचार छ । 

तर अहिले मलाई ‘मासु’ खाने कि ‘नखाने’ भन्ने प्रश्न गर्दा ‘मन लागे खाने’ भन्न मन लाग्छ । मासु खाए पापीहरू भन्ने, मनमा चसक्क बिझ्ने गरी “नर्क जान्छौं” भन्ने तर्क सुन्दा हास्यपद लाग्छ । तिब्बतको अनकंटार कुनामा जहाँ मासु मुख्य, भोजन हो, त्यहाँ गएर ‘तरकारी खाउ, मासु नखाउ’ भन्न सकिन्छ होला ?
 
कृषि युग शुरु हुनु भन्दा अघि हाम्रा पूर्खाहरू मासु नै खान्थें, उनीहरू ‘पापि’ भनेर भन्न त सकिन्न होला । कुनै धर्मले मासु नखाउ भन्छ, फेरी कतिजनाको त धार्मिक संस्कारमा पनि मासु र अण्डा नभइ हुँदैन । कति जनाको श्राद्धमा ‘मासु’ उच्चाण नै गरिन्न। कति जनाको श्राद्ध संस्कारमा झन बंगुर, खसीको मासु नै हुनपर्छ । 

अमेरिकाको ‘अलस्का’ मा बस्नेहरू, पश्चिम बंगाल र बंगला देशका मानिसलाई “माछा नखाउ पाप लाग्छ” भन्दा कति हास्यपद सुनिएला ? “माछी झोल” नभइकन कुनै बंगालीले आफ्नो भान्छाको कल्पना गर्न सक्छ र ? कतिपय ठाउँमा त चिप्लेकिरा, फट्याङग्रा, सर्पो, आदि खान्छन् हजारौ वर्षदेखि । ती समुदायका मानिसहरू मरेपछि नर्कमा परेर, दुःख परेर, पृथ्वीमा कसैलाई आफ्नो अनुभव सुनाएको छ र ? हो, मासु खाँदा अनेक चिल्लो हालेर मज्जासँग आधा किलो चामलको भात दशवटा रोटी खानेहरूको यदि तौल बढेर समस्या भयो भने, मुटुको समस्या भयो भने त आफै मासु कम गर्छन् । ‘पाप’ र धर्म को बहस गर्नै पर्दैन ।