७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजीगरि कार्यान्वयनमा ल्याइनेछ: मन्त्री गुरुङ

काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजीगरि कार्यान्वयनमा ल्याइनेछ: मन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजीगरि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तरगतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री गुरुङले बञ्चरेडाँडामा निर्माण गरिएको स्यानिटरी ल्याण्डफिल्ड साईट सबै महिनामा विना अवरोध संचालन हुने गरी बैकल्पिक मार्गको निर्माण गरिने घोषणा समेत गर्नु भयो । उहाँले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवार र अग्रणी निकायको रुपमा सवल बनाउनु पर्छ भन्ने सरकारको धारणा रहेको समेत बताउनु भयो । मन्त्री गुरुङले वीरगंज, नेपालगंजलगायतका देशका मुख्यमुख्य सहरमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई संचालनमा आएको स्मरण गराउँदै अन्य सहरहरुमा पनि सो कामलाई तीव्रता दिने गरी बजेटको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधान अनुसार फोहोरमैला संकलन, व्यवस्थापनको लागि स्थानीय तहलाई जिम्मेवार तथा अग्रणी निकायको रुपमा सक्षम तथा सवल बनाउनु पर्दछ भन्ने मन्त्रालयको धारणा रहेको छ । सहकारिता, समन्वय र सहअस्तित्व नै तीन वटै तहको सरकारको अन्तरसम्बन्धको प्रमुख आधार रहेको र नेपाल सरकार कार्य विभाजन नियमावलीले फोहोरमैला व्यवस्थापन र समन्वयको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तोकेतापनि सहरी विकास मन्त्रालयले मिति २०७८ फागुन २६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार मन्त्रालय अन्तरगत फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र स्थापना भई स्थानीय तहहरुलाई सहयोग, समन्वय तथा सहजीकरण गरिरहेको छ ।

सहरी विकास मन्त्रालयबाट नै वीरगंज, नेपालगञ्जमा फोहोरमैला व्यवस्थापन केन्द निर्माण भई संचालनमा आईसकेको छ । त्यस्तै धनघढी, गोदावरी र शुक्लाफाँट नगरपालिकाहरुमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणाधिन रहेका छन । काठमाडांै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साईटको निर्माण कार्य सम्पन्न भई संचालनमा आएको छ । १२ महिना विनाअवरोध ल्याण्डफिल्ड साईटसम्मको पहुँच सुनिश्चित गर्न बैकल्पिक मार्ग निर्माण गरिनेछ । साथै उपत्यकाको दिगो फोहोरमैला व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजी कार्यान्वयनमा ल्याईनेछ ।’

मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँगको छलफललाई जोड दिइएको पनि बताउनु भयो ।