७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ: वनमन्त्री महतो

मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ: वनमन्त्री महतो
तस्बिर: रासस
अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताउनुभएको हो ।

उहाँले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताउनु भयो । उहाँले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रश्ताव गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘अगामी बजेट व्यवस्थापन वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदि उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रश्ताव गरिएको छ । काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तु मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ ।

सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरुमा शिल्पीकल्चरमा आधारीत रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको व्यवस्था गरिएको छ । दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको छ । प्रदेश सरकारबाट पनि स्थानीय वनको अवस्था अनुसार शिल्पी कल्चरमा आधारित रही वनको दिगो व्यवस्थापन गर्नमा मापदण्डहरु स्वीकृत गरी वन व्यवस्थापन गर्न थालनी गरिएको छ । यसबाट वनको दिगो व्यवस्थापन भई काठ, दाउरा उत्पादनमा वृद्धि हुने र विदेशी काठको आयात कमी हुने देखिन्छ । वन नियमावली २०७९ मा नीजि जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार–पसार गर्न पाउने गरी व्यवस्था गरिएको छ ।’

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । त्यस्तै, निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार–पसार गर्न पाउने गरी व्यवस्था गरिएको उहाँले बताउनु भयो ।