२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न सकेन



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो । यो हारसँगै नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।

यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण बन्ने थियो । १६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा नै लक्ष्य भेट्टायो । नेपाललाई हराएको नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ‘ डोवडले सर्वाधिक ९० रन जोडे । ७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, बास डी लिडेले ३९ बलमा ४१ रन जोडे । यस्तै विक्रमजीत सिंहले ४३ बलमा ३० रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा गुलशन झाले एक विकेट लिए ।

त्यसअघि जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन ।

यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुई/दुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक/एक विकेट लिए ।




भर्खरै