७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

नछुन (मिन्स) बार्न आवश्यक छ त ?

नछुन (मिन्स) बार्न आवश्यक छ त ?
अ+ अ-

शारीरिक र मानसिक शक्ति, ऊर्जा, क्षमतालाई कसरी सदुपयोग गर्न शास्त्र र पुर्खाले निकै लामो प्रयोग र परिक्षण गरेका थिए ।

जीवनलाई धर्म, कामलाई परम्परा, चिन्तनलाई प्रकृतिसँग जोडेकै कारण हाम्रा पुर्खाहरु ऋषिमुनि भए । कुन उमेरमा के गर्ने भन्ने नियम बसाले । हरेक कर्मले जीवन, परिवार र समाजलाई लाभ पुगोस् भनी ब्रह्मचर्य आश्रम, गृहस्थाश्रम, वानप्रस्थ आश्रम र सन्न्यासआश्रम गरी चार भागमा विभाजन गरे ।

मानव बनोस्, ईश्वरको सर्वोत्कृष्ट सन्तान होस् भनी गर्भदेखि मृत्युसम्मको अवधिलाई १६ संस्कारमा जोड्यो । महिला र पुरुषका कर्तव्यलाई विभाजन गरिदियो । आमा र बुबा, सन्तान र समाज, सरकार र संस्कारलाई आवश्यकताअनुसारका जिम्मेवारी दियो । केही विषयहरु विभेदकारी जस्ता देखिए पनि त्यसका सकारात्मक पक्षमाथि महतीय चिन्तन गरियो । शारीरिकरूपमा पुरुषभन्दा महिलाहरू केही कमजोर हुन्छन् । तथापि समयको माग र परिस्थितिको आवश्यकताअनुसार इतिहासमा महिलाले प्रशस्त स्थानमा अब्बल भूमिका खेलेका छन् ।

दुर्गाले रक्तबीज, महिषासुर, शुम्भ, निशुम्भसँग युद्ध गरिन् । सीताले ऐरावणलाई यमराजको द्वारमा पठाइन् । पछिल्लोकालमा अङ्ग्रेज र मुसलमानसेनासँग नेपाली महिलाले युद्ध गरे । वि. सं. २००७, ०४६, ०६२/६३को आन्दोलनमा महिलाको स्तुत्य योगदान रह्यो । नवरात्रका ९ दिनसम्म नवदुर्गा र १ महिनासम्म स्वस्थानीदेवीको पूजा हुन्छ । यति लामो अवधि कुनै देवताको पूजा हुँदैन ।

यसरी नारी शक्तिको प्रतिष्ठा, इज्जत र आदरभाव आर्यावर्त तथा वैदिक संस्कृतिमा उच्च छ । केही कार्यमा महिलालाई रोक लगाएर शारीरिक र मानसिक आराम गर्ने समय उपलब्ध गराएको छ । गर्भवती, महिनावारी हुँदा महिलालाई धेरै कार्य गर्न रोक लगाएको छ । महिनामा एकपटक महिलाको शरीरमा जम्मा भएको फोहोर रगत बाहिरीनुलाई महिनावारी भनिन्छ ।

महिनावारीलाई नछुने, मिन्स, हात छेकियो, अपवित्र, रजस्वला आदि नामले चिनिन्छ । यी उपमाहरूबाट पनि बुझिन्छ कि महिनावारी हुँदा धार्मिक–सांस्कृतिक–व्यावहारिक कार्यहरूमा महिलाको सहभागिता हुनुहुँदैन । ‘हात छेकियो’को अर्थ घरपरिवारका हरेक काम गर्न नहुने भयो, ‘नछुनु’को अर्थ अब ४ दिनसम्म कसैलाई छुन हुँदैन, ‘रजस्वला’ भनेको रगत बहनुहुन्छ । रगत गएपछि शारीरिक रूपमा महिलाहरू कमजोर हुनेहुँदा आरामको आवश्यक पर्छ ।

धन्वन्तरिले भन्नुभएको छ –
मासेनोपचितं काले धमनीभ्यां तदार्तवम् ।
ईषत्कृष्णं विगन्धं च वायुर्योनिमुखं नयेत् ।।

अर्थात्, “महिलाहरूको शरीरमा फोहोर रगत एक महिनासम्म जम्मा भइरहन्छ । कालो रङको रगत धमनीबाट बाहिर निस्कन्छ जसलाई रजस्वला भनिन्छ ।” यसले महिलाहरूलाई निरोगी रहन सहयोग गर्दछ । असल आचरण, व्यवहार र खानपान भएमा १५÷१६ वर्षमा शरीर पुष्ट भई महिनावारी हुन्छ । हरेक पदार्थ र पक्षहरू प्रदूषित हँुदै जानु एवं खराब वातावरण, तातो हावापानी, उत्ताउलो बानी, रहनसहन, तामसी खानाका कारण अहिले १० वर्ष पुग्न नपाउँदै नछुने हुन थालेका छन् । यो क्रम अझै बढ्दोछ । देवीभागवतपुराणले कलियुगमा आठ वर्षमा रजोवती र गर्भिणी हुने भविष्यवाणी गरेको छ । हिमाली, पहाड र तराईमा बस्ने महिलाको मिन्स हुने उमेर फरक छ ।

द्वादशात् वत्सरादूध्र्वमापञ्चाशद्वत्सराः स्त्रियः ।
दिनत्रयं मासिमासि प्रकृत्यैवार्तवं स्रवेत् ।।
आर्तवं स्रावदिवसात् ऋतुषोडशरात्रयः ।
गर्भग्रहणयोग्यास्तु स एव समयः स्मृतः ।।
–कोकशास्त्र (पृ. २६)

यस श्लोकका अनुसार झण्डै बाह्र वर्षदेखि पचास वर्षसम्म स्त्रीको प्रत्येक महिनामा तीन दिनसम्म दूषित रगत बहन्छ । नछुने भएको सोह्र दिनसम्म गर्भ रहने संभावना प्रबल हुन्छ । उचित समयमा रजस्वला भएपछि शारीरिक रूपले परिपक्व र स्वास्थ्यको दृष्टिले सबल हुँदै गएको बुझ्नुपर्छ । नछुने भएको पाँच दिनसम्म देवीदेवताको पूजाआजा गर्न, प्रसाद ग्रहण गर्न, तीर्थस्थल जान हुँदैन । पितृकार्यका लागि सात दिन पुग्नै पर्छ । यतिबेला रगत बहने, पेट दुःख्ने, शरीर कमजोर हुँदा एकाग्र हुँदैन त्यसैले पूजापाठ, गर्न दिइँदैन । विषाक्त रगतले फलफूल कुहिन सक्छ, कुकुर–स्याल आदिले खायो भने बौलाउन वा मर्न सक्छ, नछुने भएकी महिलालाई देख्यो भने सर्पको दृष्टि कमजोर हुन्छ ।

नछुने हुँदा शारीरिक सम्पर्क भए दुबैलाई यौनजन्य रोग लाग्ने, खराब सन्तान जन्मने, शारीरिक र मानसिक कमजोरी हुन सक्छ । रजस्वला भएका बेलामा तीन रातसम्म पतिलाई आफ्नो मुख नदेखाउनु (सँगै नसुत्नु), नुहाएर शुद्ध नभएसम्म पतिसँग नबोल्नू भनी शारीरिक सम्बन्धबाट अलग बस्न लगाए । यस अवधिमा महिलालाई तन्दुरुस्त बनाउन पौष्टिक भोजन र आराम दिने परम्परा बिस्तारै अँध्यारो कोठामा कैदीजस्तो थुन्ने कुप्रथामा बदलियो जुन वैदिक शास्त्रसम्मत छैन । पहिलोपटक महिनावारी हुँदा बुबा र दाजुभाइले हेर्न हुँदैन भनिन्छ । प्रथमपटक हुँदा कसो गर्ने ? कसरी गर्ने ? भन्ने ज्ञान कलिला नानीहरूलाई जानकारी हुँदैन । यो विभेद होइन छुट्टै स्थानमा राखेर आमा, दिदी आदि परिपक्व महिलले प्रशिक्षित गराउने वातावरण मिलाइएको हो ।

कामसूत्रम् नामक ग्रन्थले यस सम्बन्धमा विधि र जीवनसम्मत् वर्णन गरेको छ । हाम्रा समाजमा नछुने हुनुभन्दा पहिले गुफा राख्ने, बेलसँग विवाह गराइदिने, गुन्यूँ चोलो दिने, विशेष अवसर पारेर टीका लगाइदिने परम्परा छ । बालिकालाई मनोवैज्ञानिक रूपमा सजग रहेर अघि बढ्न यसले सहयोग गर्दछ । नियमपालन गरेकै कारण नेपालीसमाजमा छाडापन, व्यभिचार, बलात्कार, अपहरणजस्ता विकृति थिएनन् ।

मातृवत् परदारेषु अर्काकी श्रीमतीलाई आमा सम्झनु वैदिक धर्मको मूलमन्त्र र परम्परा हो । नत्र रामले शूर्पणखाको, अर्जुनले ऊर्वंशीको प्रेम प्रस्तावलाई कसरी नकार्न सक्थे र ? धर्मलाई जीवन सम्झेसम्म आनन्द र मनोरञ्जका लागि विवाह, माया, प्रेम गरिँदैनथ्यो ।

तासामाद्याश्चतस्रस्तु निन्दितैकादशी च या ।
त्रयोदशी च शेषास्तु प्रशस्ता दश रात्रयः ।।
–मनुस्मृति (३।४७)

अर्थात् “‘नछुनु भएको सोह्र रातमध्ये पहिलो, दोस्रो, तेस्रो, चौथो, एघारौँ, तेह्रौँ रात स्त्रीसँग शारीरिक सम्बन्ध राख्नु निन्दित मानिन्छ ।” यी रातमा गर्भ रहन गयो भने सन्तान असल र योग्य जन्मदैनन् । शब्द र जीवन निर्माणमा धातुको ठूलो भूमिका रहन्छ । धातुबाट शब्द बनेकाले शब्दलाई ब्रé (अविनाशी) भनिन्छ । मानिसको सर्वाङ्गिण विकाश र उन्नतिमा धातु(वीर्य)को मह्त्वपूर्ण भूमिका रहन्छ । सजावट गरेर देखिएको सुन्दरताभन्दा धेरै गुणा सुन्दरपन ब्रम्चार्य र संयमित जीवनबाट आफैँ सृजना हुन्छ । अनुहारमा लाली देखिनु, चमक आउनु, थकित नदेखिनु यी सबै ब्रम्चार्यका उपज हुन् । यस्ता बुबा आमाबाट मात्र असल र योग्य सन्तान जन्मन्छन् । योग्य र सबल बच्चा जन्माउन बाबुको भन्दा हजारौँ गुणा हात आमाको हुन्छ ।

गर्भवतीलाई तन्दुरुस्त बनाउन आराम, पौष्टिक खाना आदिको आवश्यकता पर्ने हुनाले कामबाट अलग राखिन्छ । शिशुलाई ११ दिनमा न्वारन गराएर मात्र सबैले छुने चलन छ । बच्चालाई परिवार र आफन्तजनले खुसीयालीमा जसरी पायो त्यसरी नै लिँदा वा समाउँदा कलिलो शरीरमा अनेक रोगले आक्रमण गर्न सक्छन् । मानिसको जिभ्रो, आँखा र हातमा कहिलेकाहीँ गलत शक्तिको प्रवाह भइरहेको हुन्छ, जसले बच्चालाई असर गर्छ । छुन हुँदैन भन्दा उनीहरूको सुरक्षा हुन्छ । त्यसैले नछुनु र सुतक बार्न परमावश्यक छ ।