७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

वर्तमान सरकारको आयु लामो छैनः सचेतक बर्तौला

वर्तमान सरकारको आयु लामो छैनः सचेतक बर्तौला
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताउनुभएको छ ।

शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताउनुभएको हो । उहाँले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताउनु भयो। उहाँले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताउनु भयो। उहाँले मुलुकको विकास,सुशासन र समृद्धिको पथमा हिडाउन सामथ्र्य योग्यता प्रदर्शन गर्न नसकेको बताउनु भयो । उहाँले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाउनु भयो ।

उहाँले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताउनु भयो । उहाँले वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताउनु भयो। उहाँले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताउनु भयो । उहाँले वर्तमान सरका अन्तरबिरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताउनु भयो । उहाँले नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने बताउनु भयो । उहाँले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाउनु भयो। उहाँले एमाललेलाई नेपाली काँगे्रसको माया लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ वर्तमान सरकार भित्रभित्र थिङथिलो भएको छ । अन्तरविरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ । थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामन्य रुपमा छुँदा पनि ढल्ने अवस्था छ । तर नेकपा एमालेले त्यो गर्दैन ।सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ । सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ । त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। काँगे्रसलाई मार हान्नको लागि हतियार उदाउनु भयो । एमाललेलाई माया काँग्रेसप्रति छ । काँगे्रस भरोसा गरेर जनताले पहिलो बनायो । ८९ सिटमा संसदमा पठाएको छ । ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लघाई रहनुभएको छ । जनादेशको म्याण्डेट अनुसार सरकार बन्न सकेन ।

जसका कारण सरकारले डेलिभरी दिन सकेको छैन । राष्ट्र हीतको प्रवद्र्धन गर्न सकिरहेको छैन । विकास,सुशासन र समृद्धिको पथमा मुलुकलाई हिडाउन सामथ्र्य योग्यता सरकारले प्रदर्शन सकेको छैन । बजेट मार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन सकेको छैन । वैदेशिक लगानीको सुरक्षित वातावरण छ भन्न सकेको छैन । यो अस्थिर,कमजोर सरकार र जनादेश विपरितको अप्राकृतिक सरकार हो । त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ । एमाललेलाई पाँच वर्ष यही गठबन्धनको सरकार बनोस् भन्ने थियो । जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ । सरकारको आयु केही दिनको मात्रै रहेको छ ।’