६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाले ओमानलाई १० विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको खेलमा श्रीलंकाले सानदार जित निकालेको छ ।

जिम्बावेको बुलवायो क्रिकेट मैदानमा सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमै लक्ष्य भेट्टायो । श्रीलंकालाई सहज जित दिलाउन दीमुथ करुणाराठेले ५१ बलमा ६१ रन जोडे भने पाथुम निशंकाले ३९ बलमा ३७ रनमा उनलाई साथ दिए । दुवै अविजित रहेका हुन् ।

त्यसअघि ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए । यस्तै, जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।