७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न एमालेको माग

प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न एमालेको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकिएको बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको बताउनुभयो । सांसद गिरीले विना तयारी विमानस्थलको सङ्ख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी ब्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।