७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो– योगेश भट्टराई

वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो– योगेश भट्टराई
तस्बिर: रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको बताउनुभएको छ ।

नेकपा ९एमाले० का सांसद भट्टराईले आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउनुभयो । उहाँले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गर्नुभयो ।

निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको भन्दै उहाँले निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको उल्लेख गर्नुभयो ।

“एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन”, पूर्वमन्त्री भट्टराईले भन्नुभयो, “त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन रु त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो रु जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने रु त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।”

उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको जिम्म अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ हो । उहाँले हवाई उडानबाट निगमलाई नाफा नभएको बताउनुभयो ।

एमालेको सरकारको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्ष निकालिएको तर निजीकरण गर्‍यो भनेर काम गर्न नदिइएको उहाँले आरोप लगाउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितकम ९० लाख रहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उहाँको भनाइ थियो ।