२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सेवामा आईटी जनशक्ति विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्छौं – सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताउनुभएको छ ।

‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा उहाँले भन्नुभयो, “हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।”

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी दिँदै उहाँले सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेकाले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्।

उहाँका अनुसार मन्त्रालय मात्र नभएर सरकारले मन्त्रिपरिषद्मा पनि छलफल गरिरहेको छ । “अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ”, मन्त्री शर्माले भन्नुभयो ।

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन उल्लेख गर्दै उहाँले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।”

सूचना प्रविधिबाट हुन सक्ने दुरूपयोग रोक्न मन्त्रालय सचेत रहेको र सरकारले डिजिटल साक्षरतामा काम गर्न खोजिरहेको उहाँको भनाइ थियो ।