• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रुसी फौजमा नेपाली पुगेकोबारे सरकारको गहिरो ध्यान गएको छ– प्रधानमन्त्री



तस्बिर: रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा सरकारको गहिरो ध्यान गएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा नेकपा ९एमाले० का सांसद अच्युत मैनालीको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले रुसको नामै नलिई अप्रत्यक्ष जवाफ दिँदै सरकारको गहिरो ध्यान गएको बताउनुभयो ।

सांसद मैनालीले रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारको जवाफ चाहन्छु भनी सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।”