• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
  •   Unicode
Logo
Latest
★   हिमा नदी र मार्सी धान खेती, फोटोले नै खिच्यो प्रधानमन्त्री ओलीको मन ! ★   कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, बाढी र पहिराेको चेतावनी ★   पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे प्रशासन ★   नेपाल एसिया कपबाट बाहिरियो ★   प्रधानमन्त्री ओलीले भने– विद्युत् प्राधिकरणसँग मतभेद छैन, उद्योगीसँग बक्यौता उठाइन्छ ★   अमेरिकास्थित नेपालीको सहयोगमा अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान ★   मदन पुरस्कारका लागि पाँच कृति छनोटमा ★   ‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन् ★   ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने ★   अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन पहिलो प्राथमिकतामा

युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक



काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र ‘एफ’ का खेलहरु हुने भएका हुन् ।

दुबै समूहका आठ टोलीले आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । रोचक कुरा के रहेको छ भने समूह ई का खेलहरु नकआउट जस्तै हुनेछन् । किनभने यस समूहका चारै टोलीको ३–३ अंक छ ।

नेपाली समयानुसार एकै समयमा ९ः४५ बजे युक्रेन र बेल्जियम तथा रोमानिया र स्लोभाकिया भिड्दैछन् । यो दुबै खेलका विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।

यस्तै, आज मध्यरातमा १२ः४५ बजे जर्जिया र पोर्चुगल तथा टर्की र चेक रिपब्लिक भिड्दैछन् । पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अर्को नकआउट चरणमा प्रवेश गर्ने एक टोलीका लागि तीनै टिम प्रतिस्पर्धामा छन् ।

पोर्चुगलको २ खेलमा २ जितसहित ६ अंक छ । टर्की ३ अंकका साथ दोस्रो स्थानमा छ भने चेक रिपब्लिक १ अंकसहित तेस्रो र समान अंक रहेको जर्जिया पुछारमा छ ।