१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित



फाईल फोटो
अ+ अ-

विराटनगर । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान अवतरण बन्द भएको छ ।

भारी बर्षापछि बास्ता खोलामा आएको बाढी विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा पसेको हो ।

बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास भईरहेको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । पानी सुक्ने क्रममा रहेको र उडान अवतरणका लागि प्राविधिक जाँच गरेपछि विमानस्थल सञ्चालन हुने उनले बताए ।

विराटनगरमा मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधबार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा ३ सय ६१ मिलिमिटर पानी परेको थियो। जसको कारणले गर्दा अहिले विराटनगरका अधिकांश स्थान जलमग्न भएका छन् ।