६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा दुवै टोली फेरि एकपटक आमने सामने हुनेछन् ।

भारतीय टोली जारी विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ । अर्कोतर्फ समूह चरण र सुपर–८ मा इंग्ल्याण्डले एक–एक खेलमा हार बेहोरेको छ । रोहित शर्माको कप्तानीमा रहेको भारतले अष्ट्रेलियालाई २४ रनले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ । यो खेलमा भारतले इङ्ल्यान्डसँग अघिल्लो पराजयको बदला लिने लक्ष्य लिएको छ ।

२०२२ को टी–२० विश्वकपमा इंग्लिस टोलीले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । तसर्थ भारत विगतका गल्तीबाट पाठ सिकेर इंग्ल्याण्डलाई हराउन चाहन्छ ।

भारत र इंग्ल्याण्डबीचको खेलमा वर्षाको छायाँ परेको छ । मौसमविदका अनुसार गुयानामा बिहानै पानी पर्ने सम्भावना ७० प्रतिशत रहेको छ । साथै, तापक्रम ३१ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ । यो खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । तर, खेलको दिन वर्षा र हावाहुरीको सम्भावना छ । यस्तो अवस्थामा प्रतिस्पर्धा वर्षाको सिकार हुन सक्छ ।

टी–२० विश्वकप २०२४ मा भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएमा त्यसको फाइदा भारतीय टिमलाई हुनेछ । भारतले समूह चरण र सुपर–८ मा सबै खेल जितेको छ । सुपर ८ मा भारतले तीनवटै खेल जितेको छ । उसको खातामा ६ अंक छ भने इंग्ल्याण्डको खातामा ४ अंक छ । यस आधारमा भारत सजिलै फाइनलमा पुग्ने छ ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ, जुन कम स्कोर र स्पिन मैत्री मैदान मानिन्छ । यसले फास्ट बलरलाई भन्दा स्पिनरहरूलाई धेरै मद्दत गर्दछ र ब्याट्सम्यानहरूलाई धेरै रन बनाउन धेरै संघर्ष गर्नुपरेको देखिन्छ ।

नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको नेतृत्व रहेको इंग्ल्याण्डसँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जितको स्वाद चाखेको छ ।यस्तै, टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।