• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।

उहाँले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको बताउनु भयो। उहाँले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटिको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भिर रुपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा नेपाल सरकारको गम्भिर रुपले ध्यानकर्षण भएको छ । सबै मान्यसदस्यहरुले यो विषयलाई दीर्घकालिन रुपमा विचार गर्न जरुरी छ ।’

प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरुले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालिन विकासमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।