६ श्रावण २०८३, बुधबार
,
Latest
डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही सिमेन्टले भन्यो– आइपीओ निष्कासन विवादमा अनर्गल प्रचार गरियो



अ+ अ-

काठमाडौँ । घोराही सिमेन्ट कम्पनीले आइपीओ निष्कासनका सम्बन्धमा कम्पनीबारे अनर्गल प्रचार भएको दाबी गरेको छ । हालै आइपीओ निष्कासनमा रोक लगाइसकेको अवस्थामा कम्पनीको प्रतिष्ठामा आँच पु-याउने बदनियतपूर्ण उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको कम्पनीको दाबी छ ।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै शेयर निष्कासन हुनुभन्दा अघि नै कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरु पूर्ण सहभागीता रहने बताउँदै कम्पनीले सो प्रक्रियामा उद्योगबाट पेश भएका पत्र, वित्तीय विवरण तथा रेटिङ प्रतिवेदनलगायतका कागजात तथा विवरणको जिम्मेवारी लिन कम्पनी तयार रहेको समेत बताएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि स्थानीयबासी र वैदेशिक रोजागरीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी र म्युचुअल फण्डलाई शेयर बाँडफाँट गरिएको भइसकेको र सर्वसाधारणका लागि खुला भएको समयको चौथो दिनको कार्यको अन्तिम समयमा स्थगतको निर्णयले शेयर निष्कासको प्रक्रियामा अवरोध सिर्जना भएको कम्पनीको भनाइ छ ।

कम्पनीले झाुठा आवेदनको सम्बन्धमा कानून बमोजिम प्रक्रिया अबलम्बन गरी तत्काल रोकिन गएको शेयरको सार्वजनिक निष्कासको प्रक्रिया सुरु गर्नेमा समेत कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

तीन हजारभन्दा बढीलाई रोजगारी दिएको तथा विदेशी मुद्रा सञ्चितिमा सहयोग दिने कम्पनीलाई निरुत्साहित गर्ने यसप्रकारको प्रायोजित कार्यप्रति कम्पनीले खेद प्रकट समेत गरेको छ ।