२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही सिमेन्टले भन्यो– आइपीओ निष्कासन विवादमा अनर्गल प्रचार गरियो



अ+ अ-

काठमाडौँ । घोराही सिमेन्ट कम्पनीले आइपीओ निष्कासनका सम्बन्धमा कम्पनीबारे अनर्गल प्रचार भएको दाबी गरेको छ । हालै आइपीओ निष्कासनमा रोक लगाइसकेको अवस्थामा कम्पनीको प्रतिष्ठामा आँच पु-याउने बदनियतपूर्ण उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको कम्पनीको दाबी छ ।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै शेयर निष्कासन हुनुभन्दा अघि नै कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरु पूर्ण सहभागीता रहने बताउँदै कम्पनीले सो प्रक्रियामा उद्योगबाट पेश भएका पत्र, वित्तीय विवरण तथा रेटिङ प्रतिवेदनलगायतका कागजात तथा विवरणको जिम्मेवारी लिन कम्पनी तयार रहेको समेत बताएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि स्थानीयबासी र वैदेशिक रोजागरीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी र म्युचुअल फण्डलाई शेयर बाँडफाँट गरिएको भइसकेको र सर्वसाधारणका लागि खुला भएको समयको चौथो दिनको कार्यको अन्तिम समयमा स्थगतको निर्णयले शेयर निष्कासको प्रक्रियामा अवरोध सिर्जना भएको कम्पनीको भनाइ छ ।

कम्पनीले झाुठा आवेदनको सम्बन्धमा कानून बमोजिम प्रक्रिया अबलम्बन गरी तत्काल रोकिन गएको शेयरको सार्वजनिक निष्कासको प्रक्रिया सुरु गर्नेमा समेत कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

तीन हजारभन्दा बढीलाई रोजगारी दिएको तथा विदेशी मुद्रा सञ्चितिमा सहयोग दिने कम्पनीलाई निरुत्साहित गर्ने यसप्रकारको प्रायोजित कार्यप्रति कम्पनीले खेद प्रकट समेत गरेको छ ।