१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मन्त्री दुलालले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका दुलालले बिहीबार कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर यस्को सुरुवात गरेका थिए। त्यसपछि विभिन्न पालिकाका जनप्रतिनिधिले समर्थन गर्दै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी समेटिएपछि त्यसको चौतर्फी आोचना भइरहेको छ ।