५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस



अ+ अ-

काठमाडौँ:  विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले विपद्तबाट झण्डै चार दर्जन पालिका प्रभावित भएको जानकारी गराउँदै सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि सोहीअनुसार पुनःनिर्माण तथा पुनःस्थापनको काम अघि बढ्ने  बताउनुभयो ।

यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । साथै बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको उद्धार गरिएको छ । उक्त विपदबाट रु २५ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।

विपद्बाट १४ वटाभन्दा बढी जिल्लाका पालिका प्रभावित भएका छन् । प्राधिकरणले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, सङ्खुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका बढी पालिका प्रभावित भएको जनाएको छ ।  रासस