१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार बिहान एयरपोर्ट भएको उहाँले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उडडयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका संवद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशबाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि संवद्ध पक्षलाई ध्यानाकर्षण गराउनु भयो । उहाँले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताउनु भयो । उहाँले यात्रुहरुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गर्नुभयो । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो,‘पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो । त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौं । तर, थप सुधार गर्नुपर्नेछ । र, यो विषय परिस्थितिमा यात्रुहरुलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु । एउटा महत्वपूर्ण तर्क र तपाईंहरुको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोेकेर गयो, तर खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ । तर त्यसरी गाडी पनि त दशैँको बेलामा एकतर्फी लिएर जानु पर्छ । फर्किंदा पनि खर्च जाँदाको पनि धान्नुपर्ने अवस्था छ भन्ने कुरा जायज छन् । यी कुराहरुलाई हामीले छलफलमा लिएर जाने, संसदमा लिएर जाने गर्नुपर्दछ । यसले यी समस्या समाधानका लागि आइडियाहरु पनि सिर्जना हुन्छ । संवेदनशीलता र त्यहाँको वास्तविकता पनि थाहा हुन्छ । आजको छलफल एकदमै उपयोगी भयो भन्ने लाग्छ । यसले आज भोलिबाट नै थप सुधारको संकेत देख्नेछौं । तर यो थप सुधार गर्ने कुरामा हामी सबै सहकार्य हुनेछ । सुरक्षा निकाय पनि जोडिनेछ । टिआईए पनि जोडिनेछ । क्यान पनि जोडिनेछ । एयरलाईन्सहरु, यातायात्र क्षेत्रका मजदुरहरु सबै जोडिएर हामी काम गर्नेछौं ।’

मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताउनु भयो ।