१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह र भुटानी राजाबीच भेट



अ+ अ-

काठमाडौँ । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका राजा जिग्मे खेसर नामग्यालसँग भेट गर्नुभएको छ ।

पूर्वराजा शाहले भूटानका निबर्तमान राजा जिग्मे सिग्मे वांनचुक बिच डेचेन छोलिंग राजप्रसादमा भेटवार्ता गर्नुभएको थियो । बिहीबार भुटान प्रस्थान गर्नुभएको पूर्वराजा शाहले आज राजपरिवारका सदस्यहरुसंग शिष्टाचार भेट गर्नुभएको हो ।

पूर्वराजा शाह ५ सदस्यीय टोलीसहित भुटानको भ्रमणमा निस्कनुभएको थियो ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि हुनुहुन्छ । यस्तै, पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा हुनुहुन्छ ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट जानुभएको पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुग्नुभएको थियो ।