३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ

स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ
अ+ अ-

धुलिखेल, (काभ्रेपलाञ्चोक) । बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोज्नुभएको हो ।

गहभरि आँसु, ओँठमा रोधन थरथर काँपेको शरीर । “न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन”, मगरले सुनाउनुभयो ।

घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताउनुभयो । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उहाँले भन्नुभयो, “ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।”

बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताउनुभयो । लगाएर आङ छोपेर राहत लिन उभिएको बताउनुभयो । “स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुन:स्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

दसैँका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिनुभयो । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाउनुभयो । केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँ राहतको पर्खाइमा हुनुहुन्छ । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरु बिचल्लीमा परेको बताउनुभयो । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उहाँले बताउनुभयो । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुन:स्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।

बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ । रातिको समयमा गएको बाढीपहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योगसमेत पुरेको उहाँले बताउनुभयो । “अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि रु आठ/१० लाख लाग्छ ।”

बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताउनुभयो । आपत्को बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उहाँले जनतालाई ‘सरकार छ’ भन्ने महसुस गराउने समय आएको उल्लेख गर्नुभयो ।

सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो । “बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो”, उहाँले भन्नुभयो ।

बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनवटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ ।

सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत रपलब्ध गर्नुपर्ने बताउनुभएको छ ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुन:स्थापनाका लागि योजनाबद्ध काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मतसम्भारको काम थालिएको बताउनुभयो । “हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरु मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छभने एकजना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको छ ।

गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्वपूर्ण कागजात नष्ट भएका बताउनुभयो । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ । रासस