• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

कानुनमन्त्री सिंहको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित



फाईल फोटो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

स्व सिंह नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गर्नुभएका उहाँको मङ्गलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । ६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

दुर्घटनामा उहाँकि पत्नी र भाउजूको पनि निधन भएको थियो । प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ । रासस