२६ श्रावण २०८३, मंगलवार
,
Latest
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ सय वेवसाइट प्रभावित



अ+ अ-

काठमाडौँ । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय वेवसाइट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्त सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार मंगलबार विहानदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । विद्युत् प्राधिकरणको केबल हिट भएपछि मंगलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सफर ठूलो आवाजका साथ पड्किएको थियो । त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्णरुपले अवरुद्ध भएको थियो ।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ । ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ । तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन । फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरिएको थियो ।

‘डेडिकेटेड फिडरमा आकस्मिक आगलानी भएकाले केन्द्रमा विद्युत आपूर्ति गर्न नसकिएको हो । सिंहदरबारका अन्य सबै कार्यालयमा दिउँसै वैकल्पिक व्यवस्था विद्युत् आपुर्ति गरेका थियौँ’, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले भन्नुभयो, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि राति १० बजेदेखि विद्युत् सेवा सञ्चार गराएका छौँ ।’

डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुनुभन्दा पहिलेदेखि विद्युत् भोल्टेज तलमापथि भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले केन्द्रमा रहेका जेनेरेटरमार्फत विद्युत् दिँदै आएका थियौँ, तर पछि केबलमा हिट हुने समस्या देखिन थालेपछि जेनेरेटरबाट पनि काम हुन सकेन ।’

उहाँले केन्द्रमा रहेको जेनेरेटर विहानैदेखि करिब पाँच घण्टाभन्दा बढी चलाएर सेन्टरमा विद्युत् आपूर्ति गरेको जानकारी दिनुभयो ।




भर्खरै