२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ सय वेवसाइट प्रभावित



अ+ अ-

काठमाडौँ । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय वेवसाइट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्त सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार मंगलबार विहानदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । विद्युत् प्राधिकरणको केबल हिट भएपछि मंगलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सफर ठूलो आवाजका साथ पड्किएको थियो । त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्णरुपले अवरुद्ध भएको थियो ।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ । ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ । तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन । फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरिएको थियो ।

‘डेडिकेटेड फिडरमा आकस्मिक आगलानी भएकाले केन्द्रमा विद्युत आपूर्ति गर्न नसकिएको हो । सिंहदरबारका अन्य सबै कार्यालयमा दिउँसै वैकल्पिक व्यवस्था विद्युत् आपुर्ति गरेका थियौँ’, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले भन्नुभयो, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि राति १० बजेदेखि विद्युत् सेवा सञ्चार गराएका छौँ ।’

डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुनुभन्दा पहिलेदेखि विद्युत् भोल्टेज तलमापथि भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले केन्द्रमा रहेका जेनेरेटरमार्फत विद्युत् दिँदै आएका थियौँ, तर पछि केबलमा हिट हुने समस्या देखिन थालेपछि जेनेरेटरबाट पनि काम हुन सकेन ।’

उहाँले केन्द्रमा रहेको जेनेरेटर विहानैदेखि करिब पाँच घण्टाभन्दा बढी चलाएर सेन्टरमा विद्युत् आपूर्ति गरेको जानकारी दिनुभयो ।